बाढीका कारण हिमाचल प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।
राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ ।
राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया