NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

पाँच महिनामा ट्रम्पमाथि चौथो अपराधको मुद्दा दायर: २० वर्ष जेल सजाय हुन सक्ने

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन खोजेको , ठगी र जालझेल गरेको आरोप लागेको छ।

एटलान्टाको अदालतले बिहीबार आरोपपत्र पेश गरेको थियो । यस मामिलामा ट्रम्प बाहेक अन्य १८ जनालाई आरोप लगाइएको छ । आरोपपत्रमा समावेश गरिएका ४१ आरोपमध्ये १३ मा ट्रम्पको नाम समावेश छ।

अदालतले ट्रम्पलाई आत्मसमर्पण गर्न अगस्ट २५ सम्मको समय दिएको छ । योसँगै गएको ५ महिनामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध चौथो अपराधको मुद्दा दर्ता भएको हो । उनीसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार आरोपपत्रमा ट्रम्प र उनका सहयोगीहरूले थाहा पाउँदापाउँदै पनि चुनावको परिणाम आफ्नो पक्षमा ल्याउने प्रयास गरेको उल्लेख छ।

बीबीसीले सबै अभियुक्तहरूलाई अपराधि संगठनको रूपमा लिएको छ । उनीहरूलाई झुटो बयान दिने साक्षीहरूलाई प्रभाव पार्ने , राज्यलाई धोका दिने षड्यन्त्र, चोरी र झुट बोलेको आरोप लगाइएको छ। जसमा ट्रम्पलाई २० वर्षको जेल सजाय हुन सक्ने सम्भावना छ ।

सन् २०२० मा भएको राष्ट्रपतीको निर्वाचनपछि ट्रम्पलाई नतिजा उल्ट्याउन खोजेको आरोप लागेको थियो । बीबीसीका अनुसार जनवरी २, २०२१ मा ट्रम्प र जर्जियाका निर्वाचन अधिकारी ब्राड राफेनस्परगरबीच करिब एक घण्टा कुराकानी भएको थियो। जनवरी ३ मा दिउँसो २ः४१ बजे ह्वाइट हाउसको कार्यालयबाट फोन गरिएको थियो।

ट्रम्पले फोनमा राफेनस्परगरलाई भोटहरू पुनः गणना गर्नुपर्ने बताएका छन् । १६ इलेक्टोरल भोटहरू उनको हिस्सामा गएका छन् । उक्त कल रेकर्डिङ पहिलो पटक वाशिंगटन पोस्टले प्रकाशित गरेको थियो। जसअनुसार ट्रम्पले ११ हजार ७८० भोट मात्रै चाहिएको बताएका थिए । यो जितको अन्तरले एक भोट बढी हो । यस क्रममा ट्रम्पले राफेनस्परगरको कुरा नमानेमा फौजदारी मुद्दा चलाउने धम्की समेत दिइएको थियो ।

यस बाहेक ट्रम्पविरुद्ध पोर्न स्टारलाई मौन बस्न पैसा दिएको, राजधानीमा हिंसा र ह्वाइट हाउसबाट गोप्य रुपमा राखिएका कागजातहरूका विषयलाई लिएर मुद्दा दर्ता गरिएको छ। योसँगै ट्रम्पविरुद्ध थप १९ मुद्दा चलिरहेका छन् । यीमध्ये आधा मुद्दामा ट्रम्पमाथि गलत आचरणको आरोप लागेका छन्।