महरालाई बोलाएर बयान लिन र अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाठौं । विद्युतीय चुरोट (भेप) सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले प्रतिवादी बनाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करीमा मुछिएका महराबारे प्रहरीले आज–भोलि निर्णय गर्ने बताउदै प्रतिवादी बनाउन लागेका जानकारी दिएका छन् ।
मंगलबार बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने कुरामा आफू स्पष्ट रहेको बताए।
‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छ,’ प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस्। दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
महराका बाबु–छोराको सुन तस्करीमा संलग्नता छ भने अहिले पनि बोलाएर बयान लिन र अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनले बताए।
विद्युतीय चुरोटमा ९ किलो सुन ल्याइएको प्रकरणमा प्रहरीले अनुसन्धान गर्दा तयार पारेको प्रतिवेदनमा तस्करी गर्ने चिनियाँ नागरिकसँग उपाध्यक्ष महराका बाबु–छोराको सम्पर्क भएको लिंक चार्ट समावेश गरिएको छ।
महरा बाबु–छोराले भने सुन तस्करी प्रकरणमा संलग्नता नरहेको बताउदै आएका छन् ।
पूर्वसभामुखसमेत रहेका माओवादी उपाध्यक्ष महरा र छोराको सुन तस्करसँग संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरेका छन् ।
२०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । सुटकेसमा ७ सय ३० थान भेपभित्र फिट गरेर तस्करले सुन ल्याएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया