NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुन प्रकरणमा चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले सुन प्रकरणमा मंगरबार चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

गत ३ साउनमा राजश्व अनुसन्धान विभागले एक क्वीन्टल भन्दा बढी सुन त्रिभुवन विमानस्थलको भन्सार पास भइसकेको अवस्थामा बरामद गरेको थियो । स्कुटरको ब्रेक शुमा ल्याइएको उक्त सुन मंगलबार गाल्दा भने ६० किलो ७ सय १६ ग्राममात्रै हुन आयो ।

विभागले अनुसन्धान नसकिदैं ब्यूरोलाई बाँकी काम सुम्पिएको हो ।