NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

प्रधानमन्त्रीलाई सभामुखले भने- सदन खुलाउन गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको अवरोध खुलाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिन पनि सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

सभामुखको रुपमा आफुले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको गरेको भएपनि परिणाममा निस्किन नसकेको उनले सुनाएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताएको उनको सचिवालयले जनाएको छ ।

सभामुखले यसअघि पनि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेललगाएत दलका शिर्ष नेताहरुसँग सदन खुलाउन छलफल गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता सदनमा अवरोध गर्दै आएको छ । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय न्यायिक समिति गठनको माग गर्दै एमालले सदनमा अवरोध गर्दै आएको हो ।