‘एक भगवत् गीता’ को पोष्टर आउट, फरक अवतारमा देखिए विपिन
काठमाडौं । झरना थापा निर्देशित चौथो फिल्म ‘एक भगवत् गीता’ को पोष्टर सार्वजनिक गरिएको छ । यही भदौ २९ गतेलाई प्रदर्शन मिति तोकिएको यस फिल्मको पोष्टर आज शुक्रबार सार्वजनिक गरिएको हो ।
फिल्मका शीर्ष पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले फिल्म भित्रको चरित्रलाई दर्शाउँछ । जसमा अभिनेता विपिन कार्कीलाई पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । पोष्टरमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ ।
झरना पुत्री सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका रहेको यस फिल्मको अर्को एक पोष्टरमा यी दुईलाई रोमान्टिक अवतारमा पेश गरिएको छ भने अर्को एक पोस्टरमा सुहानालाई बालकसँग देख्न सकिन्छ ।
निर्माता सुनिलकुमार थापाले पोस्टर रिलिजसँगै प्रचारप्रसार सुरु भएको बताएका छन् । अब देशव्यापी आक्रामक रुपमा दर्शकमाझ प्रचार लिएर जाने उनले बताएका छन् ।
सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई जनकपुरको जानकी मन्दिर र पोखराको सेटिङमा छायांकन गरिएको हो ।
यस अघि झरना थापा निर्देशित ‘ए मेरो हजुर २’, ३ र ४ ले सुपरहिटको ट्याग पाइसकको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया