NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘एक भगवत् गीता’ को पोष्टर आउट, फरक अवतारमा देखिए विपिन

काठमाडौं । झरना थापा निर्देशित चौथो फिल्म ‘एक भगवत् गीता’ को पोष्टर सार्वजनिक गरिएको छ । यही भदौ २९ गतेलाई प्रदर्शन मिति तोकिएको यस फिल्मको पोष्टर आज शुक्रबार सार्वजनिक गरिएको हो ।

फिल्मका शीर्ष पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले फिल्म भित्रको चरित्रलाई दर्शाउँछ । जसमा अभिनेता विपिन कार्कीलाई पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । पोष्टरमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ ।

झरना पुत्री सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका रहेको यस फिल्मको अर्को एक पोष्टरमा यी दुईलाई रोमान्टिक अवतारमा पेश गरिएको छ भने अर्को एक पोस्टरमा सुहानालाई बालकसँग देख्न सकिन्छ ।

निर्माता सुनिलकुमार थापाले पोस्टर रिलिजसँगै प्रचारप्रसार सुरु भएको बताएका छन् । अब देशव्यापी आक्रामक रुपमा दर्शकमाझ प्रचार लिएर जाने उनले बताएका छन् ।

सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई जनकपुरको जानकी मन्दिर र पोखराको सेटिङमा छायांकन गरिएको हो ।

यस अघि झरना थापा निर्देशित ‘ए मेरो हजुर २’, ३ र ४ ले सुपरहिटको ट्याग पाइसकको छ ।

ताजा अपडेट

नेपालवाच विशेष