मुख्यमन्त्री थापाले भने – आज विश्वासको मत लिने सम्भावना देखिएन, सल्लाह गरेर अर्को दिन निश्चित गर्छौं
काठमाडौं । कोशी सरकारले आज विश्वासको मत लिने सम्भावना कम भएको छ । मुख्यमन्त्री उद्वव थापाले आज विश्वासको मत लिने तयारी भएपनि उपसभामुख अनुपस्थित भएपछि त्यसको सम्भावना कम रहेको बताएका हुन् ।
सत्तारुढ दलका नेताहरुसँग भएको छलफलपछि थापाले आज विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका हुन् । उनले सल्लाह गरेर अर्को दिन निश्चित गर्ने जानकारी दिए ।
मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने तयारी गरिरहेको बेलामा उपसभामुख सृजना दनुवार भने काठमाडौं पुगेकी छन् ।
प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।
यसअघि उपसभामुख दनुवारले नै मुख्यमन्त्री थापालाई विश्वासको मत लिनका लागि समय दिएकी थिइन् । थापाले संसद सचिवालयलाई पत्र लेखेर भदौ ३ गते विश्वासको मत लिने तयारी गरेपनि उपसभामुख दनुवारले एक दिन पछाडीको समय तोकिदिएकी थिइन् ।
मुख्यमन्त्री थापाले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् । उनले उपसभामुखले संसदीय परम्परा तोड्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘संसदीय परम्परालाई उहाँले तोड्ने काम गर्नुभयो । यो व्यवस्थालाई धरापमा पार्ने काम गर्नुभएको छ । यसले राज्य व्यवस्था र संसदीय व्यवस्थामा द्वन्द्व सिर्जना गर्ने काम गर्नुभएको छ । हामी द्वन्द्वबाट जाँदैनौं सहमतिबाटै जान चाहन्छौं ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया