थाइल्याण्ड हिँडेका नेपालीको लगेजमा चरेस, दुई समातिए

काठमाडौं । थाइल्याण्ड जान लागेका दुई नेपाली १२ केजी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
मलेसिया ट्रान्जिट बनाएर मलेसिया जान लागेका सुन्दर गुरुङ र आत्मराम गुरुङलाई मंगलबार बिहान ९ बजे नेपाल प्रहरीको लागूऔषध ब्युरोले नियन्त्रणमा लिएको हो ।
बाटिक एयरलाइन्सबाट थाइल्याण्ड जान लागेका उनीहरूको लगेज स्क्यान गर्दा १२ केजी चरेस फेला परेको नेपाल प्रहरीको लागू औषध ब्युरोले जनाएको छ ।
पक्राउ परेका दुवैलाई ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया