अवैध रकमसहित विमानस्थलबाट समातिए फिलिपिन्सका नागरिक

काठमाडौं । दुबई जान लागेका एक फिलिपिन्सका नागरिक अवैध रकमसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
फ्लाई दुबईको FZ ११३४ उडानमार्फत काठमाडौंबाट दुबई जाने क्रममा फिलिपिन्सका ३२ वर्षीय आर्सेनियो जूनियर मेसालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान ७ बजे सेकुरिटी चेकिङ्गको क्रममा समातिएका आर्सेनियोको साथबाट अबैध नेपाली मुद्रा ८ लाख ६७ हजार, अमेरिकन डलर ३२००, ४१ मलेसियन रिँगिट र १०० दिराम बरामद गरिएको हो ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया