NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दावासँगको संवाद बाहिरिएपछि महानिर्देशकबाट हटाइए झलकराम अधिकारी

काठमाडौं । सुन प्रकरणमा संलग्नताको आशंका गरिएका दावा छिरिङ शेर्पासँगको संवाद बाहिरिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पदबाट हटाइएका छन् ।

उनलाई महानिर्देशकबाट पदच्युत गरेर गृह मन्त्रालय तानिएको छ ।

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका  शेर्पासँग अधिकारीको संवाद बाहिरिएको थियो ।

उनीहरू दुईबीच वीच्याटमा भएको संवाद सार्वजनिक भएको थियो । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि उनलाई आजै विभागबाट हटाइएको हो ।

तिब्बती मूलका बेल्जियन नागरिक शेर्पा यतिबेला सोही प्रकरणमा हिरासातमा छन् ।