NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

श्रेष्ठलाई कार्यवाहक दिएर उपेन्द्र केरलातिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिबार भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको सो जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार उक्त अवसरमा अध्यक्ष यादवको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने छ । अध्यक्ष यादव यही भदौ २१ गतेसम्म भारतमै रहने जनाइएको छ । अध्यक्ष यादव दिल्ली हुँदै केरेला पुग्ने कार्यक्रम छ ।

ताजा अपडेट

नेपालवाच विशेष