१६ संगठनले गर्दै वृहत् प्रदर्शन, हुनसक्छ यी क्षेत्रको आवागमन प्रभावित

काठमाडौं । पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न १६ संगठनले काठमाडौंको माइतीघर मण्डलामा आज वृहत् भेला तथा प्रदर्शनी गर्ने भएका छन् ।
पशु सेवा विभाग मातहतका निकायबारे बजेटमा गरिएको त्रुटिपूर्ण प्रबन्धको खारेजी, लम्पी स्किन, अफ्रिकन स्वाइन फिभरबाट पीडित किसानलाई राहत, निःशुल्क खोप, एक पालिका एक भेटेरिनरी चिकित्सकलगायत माग राखेर संघर्षरत १६ संगठनले आइतबार बिहान ११ बजे वृहत् प्रदर्शन गर्न लागेका हुन् ।
संघर्षको नेतृत्व गर्दै आइरहेको नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले एक विज्ञप्ति जारी गरेर भेला र प्रदर्शनीमा सहभागी हुन आह्वान गरेका छन् ।
सुवेदीका अनुसार, भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरमा भेला भएर माइतीघरमा प्रदर्शन गर्ने तयारी छ ।
त्रिपुरेश्वरबाट प्रदर्शनरी सुरु हुने भएकाले थापाथली, माइतीघरलगायत क्षेत्रको सवारी आवागमन दिउँसो ११ बजेबाट प्रभावित हुने सम्भावना छ ।
केही सातादेखि संघर्षरत १६ संगठनलाई सरकारले औपचारिक तथा अनौपचारिक रूपमा वार्तामा आउन आह्वान गरेको छ । तर संघर्षरत पक्षले संवाद नरोजेर संघर्षलाई निरन्तरता दिइरहेका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया