NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अमेरिकामा रंगभेदी हमला, ३ को हत्यापछि आक्रमणकारीले हाने आफैंमाथि गोली

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा रंगभेदी हमला भएको छ । हमलामा आक्रमणकारीले तीन जनाको ज्यान लिनुका साथै आफैंमाथि गोली हानेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, डलर जनरल स्टोरमा प्रवेश गरेर आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । त्यसक्रममा गोली लागेर दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

आक्रमणकारी गोरा समुदायको अन्दाजी २० वर्षको भएको बताइए पनि नाम भने गोप्य राखिएको छ ।

यो हमला उनले एक्लै गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ ।

घटनालगत्तै अध्ययन थालेको एफबिआईले अहिले यसबारे अनुसन्धान गरिरहेको छ ।