NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

धोबीखोला करिडोरमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिदैं धोबीखोला करिडोरमा रहेका घरहरुमा डोजर चलाएको छ ।

महानगरले धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएको तीन वटा घरमा डोजर चलाएको हो ।

कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन सुरु गरेको हाे ।