NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मस्तिष्क तेजिलो बनाउन चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा

एजेन्सी । मस्तिष्क शरीरको अति आवश्यक र महत्वपूर्ण अंग हो । यसले शरीरको समग्र कार्यलाई सहजिकरण गर्ने काम गर्छ । तर कतिपय अवस्थामा मस्तिष्कमा समस्या हुन जान्छ र यसले व्यक्तिमा विभिन्न समस्याहरु ल्याइदिन्छ ।

व्यक्ति अनुसार मस्तिष्क पनि फरक फरक हुन्छ । कोही कसै व्यक्तिलाई यहि मस्तिष्कको समस्या भएर हरेक सनो कुरा बुझन् लामो समय लाग्छ भने कसैले सहजै बुझने गर्छन । यसकाे कारण तीक्ष्ण मस्तिष्ककाे कमी हो ।

व्यक्तिको मस्तिष्कलाई हरेक कुराले प्रभाव पारिरहेको हुन्छ । यस मध्ये व्यक्तिले खाने खानपान पनि एक हो । यदि तपाइले मतिस्ष्किलाई आवश्यक पर्ने खानेकुरा खाइरहनु भएकाे छैन् भने पनि मस्तिष्कले काम गर्ने र सोच्ने क्षमतामा हास्र आउँन सक्छ ।

के खाने तेजिलो मतिस्ष्कको लागि

माछा

तेज मस्तिष्कको लागि माछा लाभदायिक मानिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडहरु पाइन्छन् । जुन मस्तिष्कको वृद्धि विकासमा फाइदाजनक छ ।

हरियो सागपात

हरियो सागपातमा मस्तिष्कलाई बढावा दिने पोषक तत्वहरु जस्तै बीटा क्यारोटिन, भिटामिन के हुन्छन् । यो केबल मस्तिष्कको लागि मात्र नभइ आँखाको लागि पनि गुणकारी छ ।

अण्डा

अण्डा पनि मस्तिष्कको लागि फाइदामद हुन्छ । यसमा स्मरण शक्ति बढाउने र मस्तिष्कलाई तेजिलो बनाउने तत्वहरु समावेश हुन्छन् । यति मात्र नभइ अण्डामा कोलिन हुन्छ जुन मस्तिष्कलाई स्वस्थ राख्न प्रभावकारी छ । अण्डाको बाहिरी भागभन्दा पनि भित्री भागमस्तिष्कका लागि निकै स्वस्थकर मानिन्छ ।

नट्स

मस्तिष्कलाई तिर्खान अथवा तेजिलो बनाउन नट्सहरु खान सकिन्छ । नट्समा प्रोटिन पाइन्छ । काजु, बदाम, ओखर, फर्सीको बियाहरु दैनिक खानाले मस्तिष्कको शक्ति बढाउँछ ।

कफी

मस्तिष्क तेजिलो बनाउन कफी पनि लाभदायिक हुन्छ । यसले मन र मस्तिष्क दुवैलाई आनन्दित बनाउँछ । कफीमा क्याफिन पाइन्छ । जसले मस्तिष्क सचेत गराउनुका साथै स्मरण क्षमता पनि बढाउँछ । यदि तपाइ मस्तिष्क तेजिलो बनाउन चाहनुहुन्छ भने बिहान एक कप कफीले दिनको सुरुआत गर्न सक्नुहुन्छ ।

बेसार पानी र डार्क चकलेट
बेसारमा पानीमा कर्क्युमिन हुन्छ । यसले मस्तिष्कलाई चलाख बनाउँछ भने मस्तिष्कले सोच्ने क्षमतामा पनि वृद्धि हुन्छ भने डार्क चकलेटमा फ्लेभोनोइड्स, क्याफिन र एन्टिअक्सिडेन्ट जस्ता यौगिकहरु हुन्छन् । यी यौगिकहरु मस्तिष्क तेजिलो बनाउन प्रभावकारी छन् । त्यसैले मस्तिष्क चलाख बनाउन आफ्नो आहारमा डार्क चकलेट पनि केही मात्रामा समावेश गर्न सकिन्छ ।