कुन उमेरका व्यक्तिमा कस्ता मानसिक समस्या ?
एजेन्सी । अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने मानसिक स्वास्थ्य समस्या ठुलो चुनौतीको विषय बनिरहेको छ ।
विश्वमा नै यसका बिरामीको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ । खासगरी, कोरोना महामारीपछि यसको जोखिम अझ धेरै बढेको छ ।स्वास्थ्य विज्ञहरूका अनुसार सबै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखा परेको छ ।
बालबालिका र युवाहरूमा अझ यो समस्या बढ्दो रहेको धेरै अध्ययनहरुमा देखिएको छ । टेलि मानस इन्दोरले सार्वजनिक गरेको एक तथ्यांकमा युवामा मानसिक स्वास्थ्य समस्या बढी रहेको देखाएको छ । बौद्धिक अपाङ्गता, ध्यान नदिने समस्या १२ वर्षसम्मका बालबालिकामा बढी देखिएको सो तथ्यांकमा छ ।
मानसिक समस्या बच्चादेखि वयस्कसम्म फरक फरक हुन्छन् । खासगरी युवा तथा बालबालिकामा सामान्य देखिने मानसिक समस्या भनेको परीक्षा सम्बन्धी तनाव, रिसको समस्या, आचरण गडबडी र डिप्रेसनलगायत पर्छन् ।
यस्तै, वृद्धा अवस्थामा अधिकांश व्यक्तिहरु डिप्रेसन र डिमेन्सियाको समस्याबाट पिडित हुन्छन् । डिमेन्सिया एक यस्तो अवस्था हो जसले व्यक्तिको स्मरणमा कमी ल्यादिन्छ । यसलाइ बिर्सने राेगकाे नामले पनि चिनिन्छ । त्यस्तै, ६० वर्षभन्दा माथिका मानिसमा डिमेन्सियासँगै स्मरणशक्तिसम्बन्धी समस्या र पारिवारिक समस्या बढी देखिने गर्छ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया