एकै पटक दुई आ.व.को साधारणसभा गर्दै बार

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को साधारणसभा एकै पटक गर्ने भएको छ ।
बारले आफ्नो विधानअनुसार, आगामी असोज १२ गते दुवै आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो ।
बारकी महासचिव अन्जिता खनालले एक सूचना जारी गर्दै सुर्खेतमा हुन गइरहेको साधारणसभामा उपस्थित हुन सबैमा अनुरोध गरेकी छन् ।

प्रतिक्रिया