ताजिकिस्तानमा भारी वर्षाले १३ जनाको मृत्यु
एजेन्सी । मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।’ प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन् ।
मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउठाउमा पहिरो र चट्टान खसेका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया