जोर्नी दुखाईको अचुक औषधि ज्वानो, अन्य फाइदा के ?

एजेन्सी । ज्वानो नेपाली भान्सामा व्यापक प्रयाेग गरिन्छ । प्राकृतिक औषधिको गुणले भरिपूर्ण ज्वानो स्वास्थ्यका लागि स्वास्थ्यवर्धक मानिन्छ । धेरै जसो नेपाली भान्सामा यसको दाना प्रयोगमा आउँछ तर के तपाइलाई थाहा छ ? यसको दाना सँगै तेल पनि प्रभावकारी छ ।
ज्वानोको तेलमा अल्फा टेरपिनोल, एनेथोल, थाइमोल, अक्सिजनयुक्त कम्पाउन्ड, मोनोटेर्पिन जस्ता पौष्टिक तत्वहरु पाइन्छन् । जसले प्राकृतिक तरिकारले काम गर्छ । यसको तेल खाना अपचको समस्यादेखि छालाको सौन्दर्यतासम्म फाइदाजनक छ ।
ज्वानोको तेल जोर्नी दुखाइको पनि अचुक औषधि हो । हामीले दैनिक भान्सामा प्रयोर्ग गर्दै आएको ज्वानोको फाइदाबारे जानौं :
स्वस्थ मुटुको लागि ज्वानो
ज्वानो मुटु स्वस्थ राख्न पनि खान सकिन्छ । यसमा यस्ता धेरै औषधिय गुण र तत्वहरु हुन्छन् जुन एक स्वस्थ मुटुका लागि आवश्यक पर्छ । मुटु स्वस्थ राख्न दैनिक ज्वानोको सेवन तरकारीमा पनि गर्न सकिन्छ । यसको काडा बनाएर खाँदा पनि हुन्छ ।
रक्तचाप नियन्त्रणमा ज्वानो
यसमा रक्तचाप नियन्त्रण गर्ने क्षमता पनि भरिपूर्ण हुन्छ । दैनिक ज्वानोको केही मात्रा सेवनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ ।
पेटको अल्सर र फंगल संक्रमणमा ज्वानो
पेटको अल्सरले धेरै व्यक्तिलाई सताउने गर्छ । ज्वानोमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । जसले पेट सम्बन्धी समस्याबाट राहत दिन्छ । ज्वानोमा थाइमोल नामक एक विशेष तत्व पाइन्छ । यसले पेटको अल्सर हुन दिदैंन् । ज्वानोमा एन्टिब्याक्टेरियल गुणका साथै एन्टिफङ्गल प्रभावहरू हुन्छन् । जसले फंगल इन्फेक्सनबाट बचाउँछ । घाउचोट लागेको समय पनि ज्वानो प्रभावकारी हुन्छ । घाउमा यसको तेल लगाउनाले घाउ चाँडो भरिन्छ । ज्वानोको तेल अन्य तेल भन्दा कडा हुने हुँदा यसलाई नरिवलको तेलमा मिसाएर लगाउन सकिन्छ ।
कपालमा पनि लाभदायिक
यो तेल जति अन्य कामको लागि फाइदाजनक मानिन्छ । त्यतिनै कपालका लागि पनि । यदि तपाइको कपाल र टाउकोमा कुनै संक्रमण छ भने यसको तेलले मालिस गर्दा उक्त समस्या हटछ । यो तेलमा एन्टी फङ्गल गुण हुन्छ । जसले कपालसम्बन्ध्री समस्या हुन पाउँदैन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया