चीनको जिनयाङमा पहिरो, चारजनाको मृत्यु, ४८ बेपत्ता
छन्दु । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् ।
राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चारजनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् । नौ दिन अघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् ।
राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एकजना रहेका जनाएको छ ।
एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया