NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भेप सुन प्रकरणः महराका छोरा राहुल सिआइबी नियन्त्रणमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नियन्त्रणमा लिएको छ ।

सुन प्रकरणमा पक्राउ पुर्जि जारी भएका उनलाई हाल नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । ‘उहाँविरुद्ध पक्राउ पुर्जि जारी भएको थियो । प्रहरीको सूचीमा रहेका उनलाई हामीले नियन्त्रणमा लिएका हौं,’ अधिकारले भने ।

उनी पक्राउ परेको समाचार बाहिरिएपछि स्पष्टिकरण दिँदै महराले भने सिआइबीमा आफैं उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न लागेको दाबी गरेका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै उनले सिआइबीमा उपस्थित भएर अनुसन्धानमा सहजीकरण गर्नेबारे बताएका हुन् ।

‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु,’ उनले लेखेका छन् ।

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत भएको इलेक्ट्रिक सिगरेट(भेप) मा राखेर ल्याइएको सुन प्रकरणमा महराका बाबुछोराकै नाम मुछिएको थियो । त्यसलगत्तै महराले आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन्।