एक्लो महसुस गरिरहेको बेलामा यसरी गर्नुस् ‘सेल्फ डेटिङ’
एजेन्सी । आफ्नो पार्टनरसँग डेटमा जाने कुराबारे त सबैलाई थाहै छ । के तपाईले आफूले आफैंलाई डेटमा लग्नेबारे सोच्नुभएको छ ?
कहिलेकाही दिक्क लाग्दा, बोर हुँदा, आफूलाई त्यसबाट टाढा राख्न पार्टनरसँग मात्रै डेटमा जानु पर्छ भन्ने छैन । आफूलाई एक्लो महसुस भएको छ र रिफ्रेसमेन्ट चाहनुहुन्छ भने आफूले आफैंलाई समय दिन पनि सकिन्छ । जसले तपाई सबै काम, थकानबाट मुक्त भएर केही समय भएपनि आफूलाई फ्रेस गराउन सक्नुहुनेछ ।
अहिले सामाजिक सञ्जालमा आफूले आफैंलाई डेट लग्ने टेन्ड्रले चर्चा पाएको छ । यही ट्रेण्डलाई पछ्याउँदै अहिले धेरै व्यक्तिले यसको आनन्द लिइरहेका छन् । हिजोआज चर्चामा रहेको यो ट्रेण्डलाई ‘मास्टरडेटिङ’ भनिन्छ ।
यो अवस्थामा व्यक्ति आफैंले आफैंलाई डेटमा लग्छ र आफैलाई बुझने प्रयास गर्छ । मास्टर डेटिङलाई ‘सोलो डेटिङ’ को नामले पनि चिनिन्छ । सम्बन्ध विज्ञहरुका अनुसार एक्ला एक्लै क्वालिटी समय बिताएर आफूलाई जान्न र बुझ्ने प्रयास गर्नुलाई मास्टरडेटिङ भनिन्छ। यसले हामीलाई आफैंलाई चिन्न मद्त गर्छ ।
मास्टर डेटमा व्यक्ति आफैसँग बाहिर घुमफिर गर्ने, डुल्ने, खाने र आफूले आफैंलाई उपहार दिने गर्छन् । बेलायत र अमेरिकालगायत अन्य धेरै देशहरूमा मास्टरडेटिङ गर्ने प्रवृत्ति मौलाएको छ । डेटिङ विशेषज्ञका अनुसार मास्टर डेटिङले व्यक्तिलाई आनन्द प्रदान गर्नुका साथै चिन्ता र तनावबाटसमेत मुक्त गराउँछ ।
व्यक्तिलाई स्वंम आफ्नो रुचिहरू अन्वेषण गर्ने अवसर दिन्छ । प्रसिद्ध डेटिङ कोच एमी नोबिलल मास्टरडेटिङले आफ्नो चाहना, आवश्यकता र आफूलाई खुशी पार्ने चीजहरुको बारेमा थाहा पाउन सकिने बताएकी छन् ।
उनका अनुसार यो डेटिङले तपाईको आफ्नै जोशलाइ बाहिर निकाल्छ । डेटिङ विशेषज्ञ मेलिसा स्टोन अविवाहित हुन चाहने व्यक्तिहरूको लागि मास्टरडेटिङ राम्रो विकल्प हुनसक्ने उल्लेख गर्छिन् ।
विज्ञहरुका अनुसार मानिसहरु खुसी रहन हप्तामा एक पटक डेटमा जानुपर्छ । तपाईं हप्तामा एक पटक आफैंलाई राम्रो उपहार दिन सक्नुहुन्छ। वा तपाईं राम्रो खानाको खोजीमा कतै जान सक्नुहुन्छ। मानिसहरूले ‘मास्टरडेटिङ’ लाई मन पराइरहेको विषय अहिले सामाजिक सञ्जालमा उनीहरूले पोष्ट गरेका भिडियो तथा फोटोबाट पनि झल्किन्छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया