NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भेप सुन प्रकरणमा महराका छोरालाई पाँच दिन हिरासतमा राखिने

काठमाडौं । एमाले उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखिने भएको छ ।

भेप सुन प्रकरणमा आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) को नियन्त्रणमा आएका उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको इलेक्ट्रिक सिगरेट(भेप) मा सुन तस्करी गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।