NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी दुई प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

न्यूनचापीय रेखा सरदर स्थानमै रहेपनि जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिनदेखि भारी वर्षा भएको छैन। यद्यपी, शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।