नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि बालेनले गरे चीन भ्रमण स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् ।
उनले चीनले केहि दिन अघि सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको भु–भागलाई भारतको देखाएको भन्दै आजबाट हुन लागेको भ्रमण स्थगित गरेको जनाएका छन् ।
‘नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गर्दै नेपालको नक्सा सार्वजनिक गरेको छ ।’
उनले नेपाललाई नै नसोधी नेपालको भूभागलाई भारतको देखाउनु संवेदनशीलतामाथि चालेको गलत कदम मानेको पनि उल्लेख गरेका छन् । सोहि कारण नैतिकताको आधारमा चीन भ्रमणमा नजाने उनले उल्लेख गरेका छन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ,’ बालेनले भनेका छन्, ‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर सोमबार नयाँ नक्सा सार्वजनिक गरेको थियो । चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।
उक्त नक्सालाई ’२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ । विज्ञहरूले पनि नेपालको फितलो कूटनीतिका कारण तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको बताएका छन् ।
विज्ञहरुले नेपालले चुच्चे नक्सा जारी गरिसकेपछि चीनलाई आधिकारी जानकारी गराउनु पर्नेमा त्यसो नगरिएकाले चीनले नेपालको चुच्चे नक्सा नचिनेको बताएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया