NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

इलेक्ट्रोनिक र म्यानुअल टूथब्रसमा कुन उपयोगी ? 

एजेन्सी । मुख सफा र स्वस्थ राख्न ब्रसको भूमिका महत्वपूर्ण हुन्छ । यसले मुख भित्रका फोहर हटाइ मुख स्वस्थ राख्छ । विशेषज्ञका अनुसार मुख स्वस्थ हुँदा शरीरमा रोग लाग्न पाउँदैन् ।

त्यसैले स्वस्थ स्वास्थ्यका लागि पनि दाँत र मुख स्वच्छ हुन जरूरी छ । मुखमा खाना जम्मा भएपछि ब्याक्टेरिया र भाइरस सक्रिय हुन्छन् । जसले रोगलाई निमन्त्रणा दिन सहज गराउँछ । यसको लागि ब्रस गर्नु अत्यावश्यक छ । यसले मुखमा भएका यस्ता ब्याक्टेरिया मार्छ ।

ब्रस नगर्दा लामो समयसम्म खाएको खाना मुखमै रहन्छ । यसले मुखमा नै खाना सड्ने हुन्छ । जसले मुखसँगै गिजाको रोगमसेत लाग्ने गर्छ । त्यसैले बिहान र बेलुका खाना खाइसकेपछि दाँत माझ्नुपर्छ ।

दाँत माझने ब्रस पनि राम्रो र गुणस्तर हुन आवश्यक छ । गुणस्तरहीन ब्रसले दाँत माझदा दाँत खिइने तथा सड्ने जस्ता समस्या आउँछ । अहिले अधिकांश व्यक्ति म्यानुअल ब्रसकाे साथसाथै इलेक्ट्रोनिक ब्रसले दाँत सफा गर्ने गर्छन् । धेरै जनामा दुई मध्ये कुन ब्रसले दाँत सफा गर्दा राम्रो हुन्छ भन्ने अन्योलता पनि देखिन्छ ।

अहिले इलेक्ट्रोनिक टूथब्रस धेरैको रोजाइमा पर्दै आएको छ । यस्तो ब्रसमा घुमाउराे कम्पन हुन्छ । त्यसैले ब्रस गर्दा धेरै हातको प्रयोग गर्न नसक्नेहरुको लागि यो ब्रस उत्तम मानिन्छ ।

म्यानुअल ब्रसभन्दा इलेक्ट्रोनिक ब्रस बढी फाइदाजनक र प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । तर यसका फाइदा सँगै बेफाइदा पनि छन् । यो ब्रस म्यानुअल ब्रसको तुलनामा अत्यधिक महंगो छ भने यसलाई बेलाबेला रिचार्ज गर्नुपर्छ । जसले तपाइलाई झन्झटिलाे पनि बनाउन सक्छ ।

यसै गरी, म्यानुअल ब्रस पनि सबैको प्रयोगमा आउने ब्रस हो । यो नरम हुनुका साथै सस्तो पनि छ । जुन सबैको पहुँचमा हुन्छ । म्यानुअल ब्रस लचिलो र नरम हुन्छ । जसले दाँतको कुजा कुना गएर दाँत सफा राख्छ । म्यानुअल ब्रस र इलेक्ट्रोनिक दुबै ब्रसका आ-आफ्नै विशेषता छन् । जुन तपाइको लागि उत्तम हुनसक्छ ।