NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मौसममा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको र कोशी, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

देशका केही भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता सम्भावित क्षतिबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ ।