काठमाडौंका यी क्षेत्रमा आज सवारी आवगमन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज काठमाडौंका केही क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने जनाएको छ।
महानगरले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
काठमाडौं महानगरले आज गुँलागा दुतियाको अवसरमा आफ्ना मातहतका कार्यलयमा सार्वजानिक बिदा समेत दिएको छ।
प्रतिक्रिया