NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमसीसी कार्यान्वयनविरुद्ध विप्लव नेकपाले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले पहिलो चरणको आन्दोलन १९ गतेबाट २३ गतेका लागि घोषणा गरेको नेता अनिल शर्माले बताए ।

आन्दोलन स्वरुप नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देही जिल्लामा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपाच अभियान १५ गते पाल्पामा गएर टुंगिने छ ।

बैठकमा चारदलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको नेता शर्माले बताए ।