NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सुन्दर र चम्किलो छालाको लागि ग्लिसिरिन

एजेन्सी । सुन्दर र चम्किलो छाला सबैको चाहना हुन्छ । यसका लागि व्यक्ति विभिन्न क्रिम तथा प्रोडक्टकोसमेत प्रयोग गर्छन् । तर गलत जीवनशैली र खानपानले छालामा समस्या आउने गर्छ ।

धुलोमाटो, घामले पनि छालासँग सम्बन्धित समस्या हन थाल्छ । जसले अनुहारको सौन्दर्यतमा असर पर्छ र छाला निर्जीव देखिन थाल्छ । यस्तो अवस्थामा यस्ता केहि प्राकृतिक सामाग्री छन् जुन छालाको लागि उपयोगी हुन सक्छ । यसमध्ये एक हो ग्लिसिरिन ।

यसले छालामा कालेजन उत्पादन बढाउन मद्त गर्छ । जुन दाग र पिग्मेन्टेसनको लागि लाभदायिक छ । यसले यस्ता दागधब्बा कम गर्छ । अनुहारमा ग्लिसरिन लगाउनाले छाला नरम र चम्किलो बनाउँछ। यसको प्रयोग सबै छालाको लागि उपयुक्त हुन्छ ।

केसँग लगाउने ग्लिसिरिन ?

गुलाब जलमा ग्लिसिरिन

चम्किलो र दागरहित छाला पाउनको लागि ग्लिसिरिनको प्रयोग गुलाब जलमा मिसाएर गर्न सकिन्छ । यसका लागि थाेरै गुलाब जल लिनुहोस् र ग्लिसिरिनमा मिसाउनुहो्स । यसलाई मिक्स गरेर अनुहारमा लगाउनुहोस् र १० देखि १५ मिनेटपछि अनुहार धुनुहोस् । यसले यसले छालाको आर्द्रता कायम राख्छ र अनुहारको चमक बढाउँछ ।

कागतीमा ग्लिसिरिन

यस्तै, ग्लिसिरिन कागतीको रसमा मिसाएर लगाउँदा पनि हुन्छ । यसका लागि आधा चम्चा ग्लिसिरिन लिनुहोस् र त्यसमा थोरै कागतीको रस मिसाउनुहोस् । यो मिक्षणमा गुलाब जल पनि मिसाउन सक्नुहुनेछ । अब यसलाई कपासको सहायताले अनुहारमा लगाउनुहोस् । यसले छालालाई चिलाउने र सुख्खापनको समस्याबाट बचाउँछ ।

मह र ग्लिसिरिन

मह र ग्लिसरीन दुवै छालाको लागि लाभदायक मानिन्छ। ग्लिसिरिनमा मह मिसाएर लगाउनाले डण्डिफोहर र सनटेनिङको समस्या हुन पाउँदैन् । साथै यसले अनुहारमा चमक पनि दिन्छ । यसको नियमित प्रयोगले छाला नरम हुन्छ ।

मुलतानी मिट्टीमा ग्लिसिरिन 

चम्किलो छाला पाउनको लागि मुलतानी मिट्टीमा ग्लिसिरिन मिसाएर लगाउन सकिन्छ । यसका लागि एउटा कचौरामा २ चम्चा मुलतानी मिट्टी लिनुहोस्। यसमा एक चम्चा गुलाब जल र केही थोपा ग्लिसिरीन मिसाएर राम्ररी मिलाउनुहोस्। अब यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र केहि समयको लागि छोड्नुहोस्। १०-१५ मिनेटपछि पानीले अनुहार धुनुहोस्। यसले अनुहारमा रहेको फोहोर र अतिरिक्त तेल सफा गर्छ।