NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्कीमा गृह बोल्न चाहेन, प्रशासनले स्पष्टिकरण नसोध्ने

काठमाडौं । काठमाडौंका प्रखुम जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन शाहको अभिव्यक्तीले सुरक्षा प्रशासनको मनोबल गिरेको बताएका छन् ।

मेयर बालेन शाहले गएराती सिंहदरबारमा आगो लगाउने भन्दै धम्कीपुर्ण अभिव्यक्ती दिएका थिए । बालेनले धम्कीपूर्ण रुपमा सामाजिक सञ्जालमा लेखेको स्टाटसले सुरक्षा संयन्त्रकै मोरलमा कमी आएको उनले सुनाए ।

प्रमसख जिल्ला अधिकारी बस्नेतले सबैको अभिभावकको रुपमा रहेर प्रहरी सुरक्षा व्यवस्थापनलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टै यस्तो अभिव्यक्ति दिँदा उच्च मनोबलका साथ काममा खटिएका सुरक्षाकर्मी हतोत्साही भएको बताए ।

‘सबै ठाउँको शान्ति सुरक्षालाई चुस्त बनाउन उहाँको पनि साथ हामीलाई आवश्यक पर्छ । मेयर साबबाटै यस्तो आउँदा सेक्युरिटीमा हतोत्साही भएका छौं,’ नेपालवाचसँगको कुराकानीमा उनले भने ।

शनिवारका दिन सरकारी गाडाीमा सवार भएको हुँदा सामान्य सोधपुछका लागि मात्रै गाडी रोकिएको उनले दाबी गरे । ‘सुरक्षामा खटिएका तल्लो स्तरका कर्मचारीलाई उहाँहरुको व्यक्तिगत समस्या थाहा हुँदैन । सामान्य सोधपुछ गरेर छोड्नुभएको हो ।’

उसो त सार्वजनिक ओहोदामा रहेकालाई छुट दिइन्छ भनेर बेलाबेलामा आलोचना भइरहन्छ । यस्तो अवस्थामा प्रहरीले गरेको कामलाई सकारात्मक रुपमा लिनुपर्ने अवस्थामा उल्टै प्रहार गर्दा सुरक्षामा थप चुनौती थपिएको उनले बताए ।

यसबारेमा मेयर शाहलाई स्पष्टिकरण सोध्ने पक्षमा भने प्रशासन छैन । मर्यादाको पदमा रहने व्यक्तिले आफैं मर्यादाको पालना गर्नुपर्ने हुँदा यस्तो अपेक्षा नगरिने बस्नेत बताउँछन् । प्रशासनले उनी आफैं सच्चिने अपेक्षा गरेको छ ।

शनिबार राती उनकी श्रीमती सबिना काफ्ले सवार सरकारी गाडीलाई सुरक्षाकर्मीले सोधपुछका लागि रोकेपछि बालेनले फेसबुकमा स्टाटस लेखेका थिए ।

जहाँ उनले महानगरको गाडी अबदेखि कसैले रोकेमा सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । यतिमात्रै होइन सरकारलाई उनले ‘चोर’ को संज्ञासमेत दिएका छन् ।

श्रीमति सबिना काफ्ले सवार महानगरको गाडीलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको थियो । शनिवार सरकारी नम्बर प्लेटका गाडीअपरिहार्य भएकाले सोही प्रयोजनाका लागि ट्राफिक प्रहरीले गाडी रोकेर चासो राखेको पाछ ।

सामाजिक सञ्जालतिर भने गर्भवती रहेकी उनी श्रीमतिलाई प्रसव व्यथामा रहँदा पनि गाडी रोकेर केरकार गरियो भन्दै आलोचना भइरहेको थियो । यद्यपी बालेन पत्नी काफ्लेले ९ दिनअघि नै छोरीलाई जन्म दिएको विषय सार्वजनिक भइसकेको छ ।

बालेनको स्टाटसबारे गृह मन्त्रालयले भने केही पनि बोल्न चाहेको छैन । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टले यो विषयलाई स्थानीय प्रशासनले नै हेरिरहेको र आफूले केही नबोल्ने बताए ।

‘यो विषयमा मैले अहिले केही पनि बोल्न चाहिनँ । यसलाई स्थानीय सरकारले नै होरिरहेको होला