आरजुका विकल्प: बाँदरको परिवार नियोजन, बँदेलको मासु खाऔँ
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले बाँदरको संख्या घटाउन परिवार नियोजन गर्न सकिने विकल्प दिएकी छन् ।
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा राणाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै यसको संख्या घटाउन यो विकल्प प्रश्तुत गरेकी हुन् ।
बैठकमा उनले बाँदरको समस्या पहिलादेखि नै रहेको भन्दै बँदेलको पनि समस्या रहेको बताईन् । उनले मान्छेले खान नपाउनेगरी जनावरको संरक्षण गरेर फाइदा नभएको पनि बताइन् ।
‘बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ,’ उनले भनिन्, ‘त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’
बैठकमा सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया