आरजुका विकल्प: बाँदरको परिवार नियोजन, बँदेलको मासु खाऔँ

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले बाँदरको संख्या घटाउन परिवार नियोजन गर्न सकिने विकल्प दिएकी छन् ।
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा राणाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै यसको संख्या घटाउन यो विकल्प प्रश्तुत गरेकी हुन् ।
बैठकमा उनले बाँदरको समस्या पहिलादेखि नै रहेको भन्दै बँदेलको पनि समस्या रहेको बताईन् । उनले मान्छेले खान नपाउनेगरी जनावरको संरक्षण गरेर फाइदा नभएको पनि बताइन् ।
‘बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ,’ उनले भनिन्, ‘त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’
बैठकमा सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया