NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

इरानको कोइला खानीमा विस्फोटमा हुँदा छ जनाको मृत्यु

एजेन्सी । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ ।

उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन । इरनाले भनेको छ, ‘आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगत रुपमा फसेका थिए ।’

श्रमिकको सक्शल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ । इरनाले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ ।

सन् २०२१ को मे महिनामा सोही खानीमा दुई जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा कोइला खानीमा भएको विस्फोटमा परी ४३ जना कामदारको मृत्यु भएको थियो ।