शरीरलाई किन चाहिन्छ जिंक ?
एजेन्सी । शरीरलाई राम्रोसँग काम गर्नका लागि पोषक तत्व चाहिन्छ। पोषक तत्वले शरीरलाई स्वस्थ राख्न, अंगहरूलाई राम्रोसँग सञ्चालन गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा रोगहरुबाट टाढा राख्न मद्दत गर्दछ ।
शरीरलाई आवश्यक पर्ने तत्वमध्ये जिंक पनि एक आवश्यक तत्व हो । जिंक एक खनिज हो । जसले प्रतिरक्षा प्रणाली बलियो बनाउनदेखि घाउ निको पार्नसमेत मद्दत गर्छ । यसबोहक जिंकले गर्भावस्था, बाल्यकाल र किशोरावस्थामा सामान्य वृद्धि र विकास गराउँछ ।
यसैले स्वास्थ्य विशेषज्ञहरूले सबै उमेर समुहलाई आहारबाट जिंक प्राप्त गर्न सल्लाह दिन्छन् । जिंकले विभिन्न प्रकारका संक्रामक रोगहरु लाग्नबाट समेत जोगाउँछ । जिंक शरीरभरिका कोशिकाहरूमा पाइन्छ ।
शरीरमा जिंकको कमी पुरा गर्न के खाने ?
नट्स
नट्सले जिंक र अन्य शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रदान गर्छ । नट्समा भिटामिन र फाइबर पनि प्रशस्त्र मात्रामा पाइन्छ । जुन स्वस्थ शरीरका लागि आवश्यक छ । काजूमा जिंकको मात्रा सबैभन्दा बढी हुन्छ, त्यसैले तपाईं आफ्नो आहारमा यी नट्सहरु समावेश गर्नुपर्छ ।
फर्सिको बीउ
फर्सिको बीउ पनि जिंकको राम्रो स्रोत हो । यसको नियमित सेवनले शरीरमा जिंकको कमी पुरा हुन्छ । शरीरमा जिंकको कमी मात्र नभइ यसको सेवन सम्पूर्ण स्वस्थ शरीरका लागि आवश्यक छ ।
अण्डा
अण्डालाई प्रोटिनको उत्तम स्रोत मानिन्छ, यसको सेवनबाट जिंक पनि पाउन सकिन्छ । एउटा अण्डामा ०।५३ मिलीग्राम जिंक हुन्छ । शरीरमा जिंकको आवश्यकता पूर्ति गर्न दैनिक एक अण्डाको सेवन गर्नुहोस् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया