प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको थियो ।
ताजा अपडेट
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
-
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
प्रतिक्रिया