झलनाथ खनालको दाबी: अब एमालेभित्र पहिरो जाँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन् ।
उनले आफ्नो पार्टीबाट पनि मान्छेहरु एमालेमा गइरहेकोमा चिन्ता व्यक्त गरे ।
‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग,’ उनले भने, ‘विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् ।’
पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले एमाले छाडेर हाम्रो पार्टीमा पनि मानिसहरु प्रवेश गराएको बताए ।
उनले भने, ‘हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’
ताजा अपडेट
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
-
एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिक्रिया