NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

महिनावारीमा कस्ताे व्यायाम गर्ने ? के कुरामा ध्यान दिने ?

एजेन्सी । महिनावारी हरेक महिलाको लागि पीडादायी हुन्छ । महिनावारीमा  दुखाई, थकान, चिडचिडापन जस्ता समस्या सामान्य हो ।

कतिपय महिलाहरु महिनावारीको पिडामा शारीरिक गतिविधि गर्नसमेत सक्दैनन् । उनीहरुका लागि महिनावारीको समय निकै जटिल बन्छ । धेरै महिलामा महिनावारीको समय शारीरिकसँगै मानसिक तनाव पनि उत्पन्न हुन्छ ।

त्यसैले महिनावारीमा यो सबै कुराबाट बच्न सामान्य व्यायाम आवश्यक छ । प्राय: महिला अन्य दिन व्यायाम गर्ने भए पनि महिनावारीको समय व्यायाम गर्न खासै रुची राख्दैनन् । तर महिनावारीमा हल्का व्यायाम भने जरुरी भएको चिकित्सक बताउँछन् ।

महिनावारीको समयमा नभएर हल्का किसिमका व्यायाम गर्द यसले महिनावारीमा हुने पीडा कम गर्छ । कपालभाती प्राणायम, क्याकाउ पाेज, बालासन,काेबरा याेगासन र श्वास प्रश्वास याेगासन जस्ता  हल्का व्यायाम महिनावारीको समयमा गर्दा शरीर बढी सक्रिय रहन्छ।

तर, महिनावारीको समयमा हरेक महिलाको अवस्था एउटै हुँदैन । कसैमा अन्यधिक रक्तस्रावकाे समस्या हुन्छ । अत्यधिक रक्तस्राव हुने महिलाले भने शारीरिक क्षमता अनुसार मात्रै व्यायाम गर्नुपर्छ ।

महिनावारीमा व्यायाम गर्नुका फाइदा

महिनावारी हुनुभन्दा एक दुई साताअघि प्रिमेन्सुरल सिन्ड्रोम(पिएमएस) सुरु हुन्छ। यस अवधिमा टाउको दुख्ने, जोर्नी दुख्ने, चिडचिडापन हुने, मुड बदल्ने, स्तन सुन्निने जस्ता समस्या देखिन थाल्छन् ।

यी समस्याहरू कम गर्न महिनावारीको समयमा व्यायाम गर्नु फाइदाजनक हुन्छ। नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनको अनुसन्धानका अनुसार एरोबिक एक्सरसाइज गरेर पनि यस्ता समस्या कम गर्न सकिन्छ ।

महिनावरीको चक्रमा हर्मोनमा हुने परिवर्तनका कारण कतिपय महिलामा कमजोर महसुस हुन थाल्छ । तर महिनावारीकाेमा समय व्यायाम गर्दा कमजोरी हट्छ। यसले शरीरलाई चलायमान राख्नुका साथै शरीरमा उर्जासमेत कायम राख्छ ।

व्यायाम गर्दा ध्यान दिनुपर्ने कुराहरु : 

अन्य दिनको तुलनामा महिनावारीको समय पिडादायि हुँदा धेरै गह्रो प्रकारको व्यायाम गर्नु हुँदैन । व्यायाम हल्का हुनुपर्छ ।

व्यायाम गर्दा कसै कसैमा रक्तस्राव बढ्न सक्छ, त्यसैले व्यायाम गर्नुअघि प्याड परिवर्तन गर्नुपर्छ ।

व्यायाम गर्दा शरीरलाई धेरै स्ट्रेच गर्नुहुँदैन।

महिनावारीको समयमा बिहान खाली पेटमा व्यायाम गर्नुपर्छ।

महिनावारीको दुखाइ अत्यन्त धेरै भएमा पनि व्यायाम गर्नुहुँदैन ।

महिनावारीमा खाना खाएपछि व्यायाम गर्नुहुँदैन ।

व्यायाम गर्दा खुकुलो लुगा लगाउनुपर्छ ।