प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।
बैठकको विषेश समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे ।
उनले नेपाललाई आत्मनर्भिर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्र ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया