बच्चाको दाँतमा किरा लाग्यो ? नगर्नुस यी गल्ती

एजेन्सी । प्राय: बाबालिका घरको खानाभन्दा बाहिरको प्रशोधित खाना, चकलेट, आइसक्रिम जस्ता खानेकुरामा जोड दिन्छन् ।
जसले उनीहरुको दाँतमा किरा लाग्छ । अहिलेको व्यस्त जीवनशैलीले गर्दा अभिभावक पनि बच्चालाई घरको खाना खुवाउनुभन्दा छिटो र छरितो खानाको विकल्पमा बाहिरको खाना दिन रोज्छन् । जसले गर्दा बालबालिकाको दाँत कलिलै उमेरमा किरा लाग्ने समस्या हुन्छ ।
बालबालिकालको दाँत किरा लाग्नबाट जोगाउन पहिले उसलाई बाहिरको जंक फुडबाट टाढा राख्नुपर्छ चकलेट, आइसक्रिम जस्ता गुलियो खानाले बच्चाको दाँतमा संक्रमण हुन्छ ।
बच्चाको दाँतमा यस्ता समस्या हुन नदिन उनीहरुको मुख स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । यसको लागि बच्चाले खानेकुरा खाइसकेपछि उसको मुख सफा पानीले धोइदिनुहोस् ।
दाँतको सरसफाइमा ध्यान दिदै बच्चालाई स्वंम खाएपछि मुख सफा गर्न सिकाउनुहोस्। बहिरको प्रशोधित खाना भन्दा सकेसम्म घरको खाना खुवाउने गर्नुहोस् । यसले उनीहरुलाई पर्याप्त पोषण प्राप्त हुन्छ भने स्वास्थ्य पनि स्वस्थ रहन्छ ।
बच्चालाई धेरै तातो खानाहरु खानाबाट जोगाउनुहोस् । धेरै तातो र धेरै चिसोले पनि उनीहरुको दाँतमा समस्या देखिन्छ । दिनको दुई पटक बिहान र बेलुकी उनीहरुलाई ब्रस गर्ने बानीको विकास गराउनुहोस् । यसले दाँतमा भएका ब्याक्टेरियाहरु मार्छ भने दाँतमा संक्रमण हुन दिदैन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया