सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ: अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन्उर ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।
महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे ।
साथै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताए ।
अर्को प्रश्नको जवाफ दिँदै उनले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पारे ।
उनले ट्रेड युनियन गठन भएकै कारण राजस्व कम उठेको भन्न नहुने धारणा व्यक्त गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न काम भइरहेको जानकारी गराए ।
साथै उनले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार टे«ड युनियन गठन भएको बताए ।
बैठकमा सांसद प्रेम सुवालले मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया