अनाथालयलाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दैै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताए ।
अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गरे । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गरे ।
हिन्दू धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया