अनाथालयलाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दैै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताए ।
अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गरे । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गरे ।
हिन्दू धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया