अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर एक महिलालाई ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ की ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई पक्राउ गरेको हो । उनि हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएकी थिइन् ।
उनलाई सामाखुसीबाट पक्राउ गरिहएको हो । श्रेष्ठविरूद्ध आशामाया लामाले गठेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । विभागले अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पु¥याइदिने आश्वासन दिएकी थिइन् ।
पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया