NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर एक महिलालाई ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ की ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई पक्राउ गरेको हो । उनि हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएकी थिइन् ।

उनलाई सामाखुसीबाट पक्राउ गरिहएको हो । श्रेष्ठविरूद्ध आशामाया लामाले गठेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । विभागले अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पु¥याइदिने आश्वासन दिएकी थिइन् ।

पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।