नक्कली नोटसहित एक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मङ्गलबार पक्राउ गरेको हो । थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
आजै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुङ्गाबाट पक्राउ परेका हुन् । अन्सारीको साथबाट अवैध लागूऔषध फेनारगन एक सय ४२ एम्पुल, बुप्रेनुर्फिन एक सय ४७ एम्पुल, डाइजेपाम एक सय ३७ एम्पुल र नाईट्राभेट एक हजार पाँच सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अन्सारीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया