NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दहीसँग के नखाने ?

एजेन्सी । दही स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसमा क्याल्सियम, भिटामिन बी १२, म्याग्नेसियम र पोटासियम जस्ता तत्व पाइन्छ । साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि पनि दही खानु उचित मानिन्छ । तर, दहीसँग फलफूल वा अन्य चिज मिसाएर खाने गर्नाले भने स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ । आज हामी दहीसँग के के नखाने भन्ने चर्चा गर्दैछौँ ।

आँप
आँपसँग दही खाने प्रचलन पनि छ । यसले मिठास त दिन्छ नै तर आँप र दहीको कम्बिनेशनले शरीरमा तातो र चिसोको असन्तुलन हुनसक्छ । यसले छालामा समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ ।

दूध
दूध र दही एकसाथ खानबाट बच्नुपर्छ । यी दुवै चिज एकसाथ मिलाएर खाँदा पाचन प्रणाली बिग्रिन जान्छ र एसिडिटी, ग्यास बढ्छ ।

माछा
दही र माछाको कम्बिनेशनले पनि स्वाथ्यमा नकारात्मक असर पर्दछ । त्यसैले माछा र दही एकसाथ खानु हुँदैन ।

ओयली फुड्स
दहीसँग चिल्लो र मसलेदार खानेकुरा खानाले पाचन प्रक्रियामा असर गर्दछ । जसले गर्दा निन्द्रा नपर्ने जस्ता समस्या देखिन सक्छ ।