NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कोशी सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश, बजेट शून्यता हट्यो

काठमाडौं । कोशी प्रदेश सरकारले आइतबार बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

पुनः मुख्यमन्त्री नियुक्त भएको २ दिनमा हिक्मतकुमार कार्कीले अध्यादेश ल्याएका हुन् । अध्यादेश ल्याउने निर्णय भने उनले मुख्यमन्त्री नियुक्त भएपछिको पहिलो बैठकबाटै गराएका थिए ।

प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।

अध्यादेश जारी भएसँगै कोशी प्रदेशमा रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो । अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी बाटो खुलेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष