संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।
आज शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे ।
‘२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उनले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ’, जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्त्वपूर्ण भूमिका थियो ।’
अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताए । उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयघातका कारणले निधन भएको हो ।
ताजा अपडेट
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
-
मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो ?
प्रतिक्रिया