मलद्वारमा अवैध सुन लुकाएर ल्याउने तीनजना पक्राउ
काठमाडौं । दुबईबाट हिमालयन एयरलाईन्सको जहाजमार्फत नेपाल आएका तीनजनालाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल बाहिर सडकपेटीमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरी वृत्त गौशालामा लगेर चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको दुईवटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको हो । उक्त सुन बरामद गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
यसरी पक्राउ पर्नेमा काभ्रे खानिखोला गाउँपालिका ३ का २८ वर्षिय बाबुलाल दोङ, सोही जिल्ला रोशीगाउँपालिका ३ घट्टेखोला घर भएका ३३ वर्षिय जगत लामा र महाभारत गाउँपालिकाका ३६ वर्षिय मिङमा दोर्जे स्यान्तान रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ६० ग्राम सुन, एक थान हिमालयन एयरलाइन्सको टिकट, राहदानी र रेडमी मोबाइल एक-एक थान भेटिएको छ । योसँगै बागमती प्रदेशको क्रेटा गाडी एक थान र कालो रङको बुलेट मोटरसाइकल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया