NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

मलद्वारमा अवैध सुन लुकाएर ल्याउने तीनजना पक्राउ

काठमाडौं । दुबईबाट हिमालयन एयरलाईन्सको जहाजमार्फत नेपाल आएका तीनजनालाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल बाहिर सडकपेटीमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरी वृत्त गौशालामा लगेर चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको दुईवटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको हो । उक्त सुन बरामद गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

यसरी पक्राउ पर्नेमा काभ्रे खानिखोला गाउँपालिका ३ का २८ वर्षिय बाबुलाल दोङ, सोही जिल्ला रोशीगाउँपालिका ३ घट्टेखोला घर भएका ३३ वर्षिय जगत लामा र महाभारत गाउँपालिकाका ३६ वर्षिय मिङमा दोर्जे स्यान्तान रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ६० ग्राम सुन, एक थान हिमालयन एयरलाइन्सको टिकट, राहदानी र रेडमी मोबाइल एक-एक थान भेटिएको छ । योसँगै बागमती प्रदेशको क्रेटा गाडी एक थान र कालो रङको बुलेट मोटरसाइकल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष