ढाकाकुमारलाई मन्त्री बनाउन पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौँं: रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठलाई पैसा मागेको प्रमाण लिएर आउन चुनौती दिएको छ ।
पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जिारी गर्दै डा. ढाकाकुमार वा जोकोही पनि प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
विज्ञप्तिमा डा. ढाकालाई मन्त्री बनाउन ३ करोड रूपैयाँ मागेको भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तीमा पार्टीका केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’
विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्नसमेत प्रवक्ता ढकालले अनुरोध गरेका छन् ।
डा. श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको टेलिभिजन अन्तर्वातामा खुलाएका थिए ।
समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।


ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया