एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरबाट कसरी जोगाउँछ ?

काठमाडौं । महिलालाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ आजदेखि दिन सुरु भएको छ । एचपिभी पाठेघरको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसविरुद्ध दिइने खोप हो । नेपालमा महिलामा हुने पाठेघरको क्यान्सर अग्रपंक्तिमा आउने गरेको छ ।
विकसित देशहरुमा सबै महिला तथा किशोरीमा एचपीभी खोप दिइन्छ । जसले गर्दा ती मुलुकमा पाठेघरको मुखको क्यान्सर निकै कम देखिने गरेको बताउँछन् भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ उज्जवल चालिसे ।
महिलामा असुरक्षित यौन सम्पर्क र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्छ । उनका अनुसार यो खोप महिलाले यौन सम्पर्क सुरु गर्नुअघि लगाउनुपर्छ ।
‘किशोरावस्था सुरु भएपछि यो खोप लगाउन सकिन्छ यसको निश्चित उमेर छैन्,’ उनले भने, ‘अहिले सरकारले सिमित मात्रामा खोप ल्याएकाले १४ वर्षभन्दा माथिकालाई मात्र यो खोप दिइदैं छ । भाइरसले गराउने क्यान्सरबाट बच्नको लागि यो खोप सबैले लिनुपर्छ ।’
अन्य क्यान्सर भन्दा पाठेघरको मुखमा हुने क्यान्सर फरक भएको उनको भनाइ छ । अन्य क्यान्सर शरीरमा आफै उत्पन्न हुन्छ । पाठेघरको मुखको क्यान्सर भाइरसले हुने भएकोले एचपीभी खोपले भाइरस सक्रिय हुन नदिने चालिसे बताउँछन् ।
एचपिभी भाइरस पुरुषको लिंगमा हुन्छ । यौन सम्पर्क राख्दा यो भाइरस महिलाको पाठेघरमा सर्छ । एचपिभी खोपले ९५ प्रतिशत पाठेघरको मुखमा हुने क्यान्सर हुनबाट जोगाउने उनी बताउँछन् । खोप नलगाउँदा क्यान्सरको जोखिम उच्च हुनुका साथै यसले अन्य यौनाङसम्बन्धीत रोग निम्याउँछ । एचपीभी खोपले क्यान्सर हुनबाट मात्र नबचाई यौनजन्य रोग लाग्नबाटसमेत जोगाउने उनले बताए ।
एचपिभी खोप लगाएपछि कोही कसैमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, रिङ्गटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन सक्ने चालिसेले बताए ।
‘यो खोप लगाएपछि कोहीकोहीलाई साधाण असर गर्न सक्छ । खोपले केही नराम्रो असर गर्दैन, डराउनु पर्दैन । एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर हुन बाट जोगाउने हो,’ उनले भने, ‘म सबैलाई यो खोप लगाउन अनुरोध गर्छु ।’
स्वास्थ्य मन्त्रालयले आजदेखि ७ वटै प्रदेशमा एचपीभी खोप लगाउन सुरु गरेको छ । खोप अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया