NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पूर्वमन्त्री पराजुली एकिकृत समाजवादीको सचिवमा मनोनित

काठमाडौं । एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ।

हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उहाँहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो।

ताजा अपडेट

नेपालवाच विशेष